म्यान-यू वेस्टह्यामसँग पराजित

काठमाडाैँ । म्यानचेस्टर युनाईटेड लिग कप (कार्बाओ कप) मा वेस्ट ह्यामसँग पराजित भएको छ । युनाईटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा युनाईडेमाथि १-०को जित निकाल्यो ।

वेस्टह्यामका लागि म्यानुअल लान्जिनीको गोल निर्णायक बन्यो । जितसँगै वेस्टह्याम इङलिस लिग कपको अन्तिम १६ मा स्थान बनाउन सफल भयो । इङलिस प्रिमियर लिगमा यसै साता वेस्ट हमलाई २-१ ले हराएको युनाइटेड जित लय कायम राख्न नसक्दा वेस्टह्यामले बदला लिन सफल भयो ।

खेलको नवौं मिनेटमा लान्जिनीले गरेको गोल युनाईटेडलाई प्रतियोगिताबाट बाहिर पठाउन पर्‍याप्त रह्यो । लान्जिनीले जारी सिजन पहिलो गोल गरेका हुन् । युनाईटेडले दोस्रो हाफमा गोलमा फर्कन अनेक प्रयास गरेपनि सफल भएन् । युनाइटेड गत साता च्याम्पियन्स लिगमा योङ ब्वाइजसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *