हैदरावादलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले हैदरावादलाई ८ विकेटले हराएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले जितका लागि दिएको १३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

जितसँगै दिल्लीले ९ खेलबाट १४ अंक जोडेर तालिको शीर्ष स्थानमा उक्लिएको छ । पराजित हैदरावाद २ अंकसँगै तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *