साहारा एपको दशैँ अफर

काठमाडौँ । नेपालीहरूको महान चाड बडादशैँको अवसरमा राइड सेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर ल्याएको छ ।

महोत्सवमा राइडरले होन्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा पाँच हजार जित्ने मौका रहेको जनाएको छ ।

असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरलाई रेडमी ९ र नगद बोनससमेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पूरा गरेको हुनुपर्ने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहारअन्तर्गत होन्डा साइन बाइक प्राप्त गर्नेछन् । नेपालमा सन् २०१९ देखि राइड शेयरिङ सेवा सुरु गरेको साहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सिईओ विशाल जीसीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *