लिग कप: सिटीको रवाफ, लिभरपुलको सहज जित

काठमाडाैँ । लिग कप (कार्बाओ कप) अन्तर्गत मंगलबार भएको खेलमा दुई बलिया इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । सिटीले वेकोम माथि ६-१ को प्रभावशाली जित निकाल्दा लिभरपुलले नर्विच सिटीलाई ३-० ले हरायो ।

रियाद महारेजले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले वेकोममाथि रबाफिलो जित निकाल्यो । वेकोमलाई आधा दर्जन गोल गर्दै सिटीले अन्तिम १६ को यात्रा तय गर्‍यो ।

यद्यपि खेलको २२ औँ मिनेटमा हलानको गोलमा वेकोमले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि केभिन डि ब्रुयनाले गोल गर्र्र्दै सिटीलाई खेलमा फर्काएका थिए । पहिलो हाफमानै अग्रता बनाउने क्रममा महारेजले ४३ औँ मिनेटमा गोल गरे । पहिलो हाफको इन्जुरीको समय फिल फोडिनले गोल गरेपछि सिटी ३-१ को अग्रता बनायो ।

दोस्रो हाफमा पनि सिटीले गोल वर्षा जारी राख्यो । ७८ औँ मिनेटमा फेरान टोरेसले सिटीलाई ४-१ को अबस्थामा पुर्‍याए । ८१ औँ मिनेटमा महारेजले बललाई जाली चुमाउँदै सिटीको अग्रता फराकिलो पारे । खेल सकिन दुई मिनेट बाँकी हुँदा पाल्मरले गरेको गोलसँगै सिले आधा दर्जन गोल पुरा गरेको थियो ।

त्यस्तै अर्को इंग्लिस क्लब लिभरपुलले पनि प्रभावशाली जित निकाल्यो । डिभोक ओरिगी र ताकोमी मिनामिनो लिभरपुलका लागि महत्त्वपूर्ण रहे। अन्तिम १६ मा स्थान बनाउने क्रममा लिभरपुलले चौथो मिनेटमानै मिनोमिनोको गोलमार्फत खेलमा अग्रता लियो ।

४२ औँ मिनेटमा नर्विचले खेलमा फर्कने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । क्रिस्टोस जोलिसले पेनाल्टीको अवसर गुमाउदा नर्विच खेलमा फर्कन सकेन । ५० औँ मिनेटमा ओरिगीले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । खेल सकिन १० मिनेट बाँकी हुँदा मिनामिनोले व्यत्तिगत दोस्रो गोलका साथ लिभपुलको अन्तिम १६ यात्रा पक्का गरेको थियो ।

लिग कप अन्तर्गत मंगलबार भएका अन्य खेलमा एभर्टनले क्विन्स रेन्जर्स पार्कलाई टाइब्रेकरमा ८-७ ले हराउदै प्रि क्वाटरफाइनलमा स्थान बनाउँदा लिड्स युनाइटेडले पनि पेनाल्टी सुटआउटमा फुलह्यामलाई ६-५ ले पाखा लगायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *