नेपाल समूह चरणबाटै बाहिरियो
२०७८ असोज ५ गते

काठमाडौँ। नेपाल, एएफसी महिला एसियन कप-२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तानमा भएको दोस्रो खेलमा मंगलबार हङ्कङ्सँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नैपर्ने दबाब थियो । यसअघिका दुई खेलमा पराजित नेपालले हङकङलाई बराबरीमा रोकेपनि त्यो नेपाललाई अघिल्लोचरण पुर्याउन भने पर्याप्त भएन ।

छनोटका २ खेलमा १ अंक जोडेको नेपाल समूह एफको पुछारमा छ । यसअघि नेपाल फिलिपिन्ससँग २-१ ले पराजित भएको थियो ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
२०७८ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित








