नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ। नेपाल, एएफसी महिला एसियन कप-२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तानमा भएको दोस्रो खेलमा मंगलबार हङ्कङ्सँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नैपर्ने दबाब थियो । यसअघिका  दुई खेलमा पराजित नेपालले हङकङलाई बराबरीमा रोकेपनि त्यो नेपाललाई अघिल्लोचरण पुर्याउन भने पर्याप्त भएन ।

May be an image of 4 people, people playing football, people standing and grass

छनोटका २ खेलमा १ अंक जोडेको नेपाल समूह एफको  पुछारमा छ ।  यसअघि नेपाल फिलिपिन्ससँग २-१ ले पराजित भएको थियो ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *