बुद्धी सुवेदीको सिन्कौलीको पात सार्वजनिक

काठमाडौँ । गायक बुद्धी सुवेदीले पूर्वेली भाकामा आधारित ‘सिन्कौलीको पात’ बोलको गीत सार्वजनिक गरेका छन् । सुवेदीकै शब्द र संगीतमा तयार भएको गीतको संगीत संयोजन शिलाबहादुर मोक्तानले गरेका हुन् ।

पूर्वी पहाडी जिल्लाहरूमा जात्रा तथा पर्वका बेला प्रख्यात पूर्वेली भाकामा आधारित गीतमा सुरविर पण्डित, रिया लामा, एम बी गुरुङ तथा कृष्ण विकेलगायतका कलाकारको नृत्य हेर्न सकिन्छ ।

दिपक गुरुङको छायांकन रहेको सो भिडिओको निर्देशन एमबी गुरुङले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *