भारतीय तस्कर समूहबाट सशस्त्रका तीन जवान कुटिए

धनगढी । कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय तस्करहरूको समूहले सशस्त्र प्रहरीका तीन जना जवान कुटिएका छन् । सोमबार राति ८ बजे नेपाल भारत सीमा क्षेत्रस्थित दोधारा चाँदनी नगरपालिका ८ स्थित भारतीय तस्कर समूहले सशस्त्र प्रहरीका जवानलाई कुटपिट गरेको हो ।

भारतीय तस्करले भारतीय नम्बर प्लेटको मोटर साइकलमा  चिनीलगायतका सामाग्री ओसार पसार गरिरहेका बेला सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप भएको थियो । तर ८ जनाको समूहमा रहेका तस्करहरूको समूहले सशस्त्र प्रहरीलाई नै घेराबन्दीमा पारेर कुटपिट गरेको स्थानीयले बताएका छन् ।

तरस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करहरूले ढुंगामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नं। ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । उनले तस्करहरूलाई नियन्त्रणमा लिन खोज्दा सबै फरार भएको बताए । तस्करहरूको सो समूहले प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेको छ ।

तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको बताइएको छ । कुटपिटको विरोध गर्दै राति नै स्थानीय युवाहरूले सो क्षेत्रमा प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *