संखुवासभा हत्या अनुसन्धान गर्ने दुई प्रहरी भदौ महिनाको उत्कृष्ट

विराटनगर । संखुवासभा हत्या अनुसन्धान गर्ने दुई प्रहरीलाई प्रदेश १ प्रहरी कार्यालयले भदौ महिनामा दुईजना सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । ईलाका प्रहरी कार्यालय चैनपुरमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्का भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी ठहरिएका हुन् ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी एकै परिवारका ६ जनाको विभत्स ढङ्गले सामूहिक हत्या गरी लुकिछिपी बसेका अपराधमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान तथा पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याएको भन्दै सर्वोत्कृष्ट प्रहरी अधिकृतको रुपमा घोषणा गरिएको हो ।

व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालयमा राखिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *