सन्तोषको ‘म नेपाल हो’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । सन्तोष अधिकारीको राष्ट्रिय गीत ‘म नेपाल हो’ सार्वजनिक भएको छ । अधिकारीको अभिनय रहेको गीतको भिडिओ संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको थियो ।

निशान कश्यपको निर्देशन रहेको गीतमा अन्य कलाकार कञ्चन भुजेल र जस्मिन मुसेओटको समेत अभिनय रहेको छ । बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत रहेको गीतमा स्वर पनि दुवैजनाले मिलेर दिएका छन् भने गीतमा सुविन सेञ्चुरीले संगीत संयोजन गरेका हुन् ।

त्यस्तै गीतमा अजय अधिकारीको शब्द रहेको छ । बादल थापा मगरको स्वर रहेको गीतलाई उत्तम हुमागाईँले छायांकन गरेका हुन् ।

निर्माता अधिकारीकै कन्सेप्टमा निर्माण भएको गीतको भिडिओ, निर्देशक निशानले सम्पादन गरेका हुन् । सार्वजनिक गीतमा अधिकारीले २० भन्दा बढी चरित्रमा रहेर अभिनय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *