फूलपातीमा चलचित्र ‘डाँडाको वरपीपल’ प्रदर्शन हुने

काठमाडौँ । निर्देशक शोभित बस्नेतको चलचित्र ‘डाँडाको वरपीपल’को गीत सार्वजनिक भएको छ । ‘काटी दिउँला जुँगा जम्मै’ बोलको गीतमा स्वर्गीय खेमराज गुरुङ र रिमा गुरुङ हाडाको स्वर रहेको छ । चलचित्र असोज २६ गते फूलपातीको दिनबाट चलचित्र हल र ओटीटीमा रिलिज हुनेछ ।

गीतमा  उमङ्ग लामा र केशव चौलागाईंको शब्द, उमङ्ग लामाको संगीत र फणीन्द्र राईको संगीत संयोजन रहेको छ । भिडिओमा सलोन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, विनोद न्यौपाने  लगायतले अभिनय गरेका छन् । भिडिओमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजङ्ग बस्नेत, अस्मिता जुरेली, प्रदीप गिरि , अप्सना थापा, हिउँवाला गौतम, उत्तम केसी, रश्मि भट्ट, सुशान्त कुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, , ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको समेत अभिनय रहेको छ ।

बुढासुब्बा डिजिटल प्रस्तुतिमा निर्माण भएको चलचित्रमा कथा तथा निर्माण नवराज गिरीको रहेको छ । सरस्वती गिरी कार्यकारी निर्माता रहेकी छन् । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *