दसैँमा छुल्ठिम र सविन अभिनित ‘धन्दागिरी’ प्रदर्शन हुने

काठमाडौँ । दसैँको अवसर पारेर सविन श्रेष्ठ र छुल्ठिम गुरुङ अभिनित चलचित्र ‘धन्दागिरी’ असोज २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । नरेन्द्र भट्टराई (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्रको टिजरसमेत सार्वजनिक भएको छ ।

चलचित्रमा दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, बिपना बस्नेत, सुवास गजुरेल, सुनिल कटुवाल लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

दिनेश खड्का एसोसियट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमारप्रसाद ओझा हुन् । कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ चलचित्रका निर्माता रहेका छन् । आर आर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *