युट्युबमा बेल्बासेको चलचित्र ‘प्रेमनाथ’ (भिडिओ)

काठमाडौँ । चलचित्र हलमा प्रदर्शन हुनु अगावै चलचित्र ‘प्रेमनाथ’ युट्युबमार्फत् सार्वजनिक भएको छ । निर्माता तथा निर्देशक गणेश बेल्बासेले चलचित्र हलमा प्रदर्शन अनिश्चित भएको कारण युट्यूबमार्फत सार्वजनिक गरेको बताए ।

कोरोना सङ्क्रमण अगावै प्रदर्शनका लागि तयारी अवस्थामा रहेको चलचित्र प्रचार प्रसारमा जुटिरहेको बेला कोरोना महामारीका कारण हल बन्द हुँदा प्रदर्शन हुन सकेको थिएन ।

चलचित्रमा गणेश बेल्बासे नकारात्मक भूमिकामा छन् । अन्य कलाकारहरूमा कमल गाउँले, सुरवीर पण्डित, राज थापा, मियुम जिरेल, कृति गौतम, मोनालिसा विष्ट, पूजा रिजाल, शेखर जङ्ग मल्ल, सम्झना भेटवाल, गजित विष्ट, नवीन श्रेष्ठलगायत छन् । सन्तोष श्रेष्ठ, भूपू पाण्डे र एसडी योगीको संगीत रहेको चलचित्रका गीतहरूमा राजेश पायल राई, बेनुका राई, भूपू पाण्डे, सुरुची पन्थी, अञ्जली पटेल, एसडी योगी र चित्रवीर जिसीले स्वर दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *