कर्ण दासका छोरा गीत सङ्गीतमा

काठमाडौँ । गायक कर्ण दासका छोरा मर्कुश दासले गायनलाई निरन्तरता दिन थालेका छन् । उनले रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् । ‘थाहा छैन’ बोलको गीतमा शब्द र संगीत कुशल पोखरेलको छ ।

मर्कुशले यस अघि समेत केही गीत गएकोमा ती गीतहरूको अडियो र लिरिकल भिडिओ मात्र सार्वजनिक भएको थियो । त्यसैले यो उनको पहिलो म्युजिक भिडिओ बन्न पुगेको छ । सुवीर भण्डारी र हिलारी रावल फिचर्ड भिडिओ दास स्वयम्ले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *