एमसीसीका कारण गठबन्धन टुट्दैन : प्रचण्ड (भिडिओसहित)

असोज ५ सम्ममा सरकार विस्तार हुन्छ

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको लोकतान्त्रिक गठबन्धन चुनावसम्म नटुट्ने दाबी गरेका छन् ।

जनकपुरमा प्रदेश स्तरीय कार्यकर्तालाई प्रशिक्षण दिएपश्चात् काठमाडौँ फर्किने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘गठबन्धन बन्नै नदिन षड्यन्त्र भयो । तर बन्यो । अब चुनावसम्म टुट्दैन । ढुक्कसँग लेख्नुस् ।’

संविधानका लागि गठबन्धन बनेको प्रचण्डको भनाइ थियो । ‘संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रका लागि यो गठबन्धन बनेको हो,’ उनले भने, ‘एमसीसीका कारण गठबन्धन फुट्दैन ।’ आफूहरू एमसीसीविरुद्ध नभएको प्रष्ट पार्दै परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट पास गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसङ्गमा उनले जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका कारण सरकार विस्तारमा ढिलाइ नभएको प्रष्ट्याए । प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको र असोज ४ पछि सरकार विस्तार हुने प्रचण्डले बताए । ‘असोज ५ सम्मम सरकार विस्तार हुन्छ,’ प्रचण्डले भनेका छन् ।

यस्तै उनले आजको आवश्यक्ताअनुसार संविधान संशोधन हुनुपर्नेमा पनि जोड दिएका छन् । यसअघि पनि प्रचण्डले संविधान संशोधनका लागि सडकमा जानुपर्ने स्थिति आउनसक्ने बताएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *