महिला फुटबलमा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौँ । महिला एशियाली कप-२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। शनिबार उज्वेकिस्तानमा भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ ले पराजित भएको हो ।

फिलिपिन्ससँग लिएको अग्रता जोगाउन नसक्दा नेपाल पराजय ब्यहोर्न बाध्य भयो । खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

खेलको ८९ औं मिनेटमा तहनाइ एन्निस र खेलको इन्जुरी समयमा विल्सन केमिलीले गोल गर्दै फिलिपिन्सलाई २-१ को जित दिलाए ।

अब नेपालले दोस्रो खेलमा मंगलबार हङकङ्गसँग खेल्नेछ ।

यस्तै फिलिपिन्स र हङकङ्गको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियाली कप खेल्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *