थारु जोडी बने विपिन र लुनिभा (भिडिओ)

काठमाडौँ । कलाकार विपिन कार्की र म्युजिक भिडिओको खासै निकट सम्बन्ध देखिँदैन । उनी आक्कलझुक्कल मात्रै भिडिओमा आउन रुचाउँछन् । उनी अभिनित गीत ‘सुनैको दरबार’ सार्वजनिक भएको छ ।

भिडिओमा उनी र उनको श्रीमतीको भूमिकामा लुनिभा तुलाधर ‘पवन कली’ छिन् । उनीहरूले थारु विवाहित जोडीको अभिनय गर्दै प्रेम दर्साएका छन् ।

प्रमोद खरेल र अस्मिता अधिकारीको स्वर रहेको गीतको शब्द क्षितिज सापकोटाले लेखेका हुन् भने संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ । स्वस्तिका श्रेष्ठको शृङ्गार रहेको भिडिओ निश्चल पौडेलले खिचेका हुन् । युवराज वाइवाले निर्देशन अग्रेको भिडिओमा विकास दाहालको सम्पादन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *