फ्लोरमा केकी र गौरवको चलचित्र घिन्ताङ

काठमाडौँ । निर्माता तथा निर्देशक दीपक श्रेष्ठको चलचित्र ‘घिन्ताङ’ को छायांकन सुरु भएको छ । कोरोना महामारी र लकडाउनका कारण छायाङ्कनमा जान नसकेको चलचित्र शुक्रवारबाट फ्लोरमा निस्किएको हो ।

चलचित्रमा कलाकार गौरव पहारी र केकी अधिकारी मुख्य भूमिकामा छन् । सुटिङ सेटबाट बाहिरिएको एक तस्बिरमा उनीहरूको लुक्स र गेटअपमा देख्न सकिन्छ ।

साहित्यकार मन्दिरा ‘मधुश्री’ ले लेखेको ‘मासुको मूल्य’ कथामाथि निर्माण भइरहेको चलचित्रमा नीर शाह र मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहनेछ । चलचित्र ‘बोक्सीको घर’ का लागि कपाल मुन्डन गरेकी केकीले यो चलचित्रमा नक्कली कपाल प्रयोग गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *