चलचित्र ‘एक’ को गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘एक’को गीत ‘मेरो देशको नाम नेपाल’ सार्वजनिक भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा छायांकन गरिएको यो गीतमा चलचित्रका नायक विशाल पोखरेल फिचर्ड छन् । मधेसलाई अलग्याउने मुद्दा बोकेका सिके रावतको घरमा पनि यो गीतका केही दृश्यहरू छायांकन गरिएको छ । निर्देशक मनोज पण्डितको शब्द रहेको गीतमा हरि लम्सालले स्वर र संगीत भरेका छन् ।

चलचित्रमा विशाल सँगै प्रमोद अग्रहरी र ज्योत्स्ना योगीको मुख्य भूमिका रहेको छ भने प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अलि, रमेश महर्जन, रिसिका घिमिरे तथा बाल कलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन् ।

चलचित्र सम्पादन भरत रेग्मीले गरेका छन् । गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालले चलचित्रमा संगीत भरेका छन् ।सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता आत्मा गुरागाईँ र सोफिया थापा हुन् । चलचित्र यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी र भाइ नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *