बलिउड चलचित्र बनाउँदै नेपाली व्यवसायी पुनम

काठमाडौँ । एक नेपाली महिला बलिउड चलचित्र निर्माणमा कस्सिएकी छन् । व्यवसायी पुनम यादवले ठूलो बजेटमा बलिउड चलचित्र बनाउन लागेकी हुन् । अहिले भारतमै स्क्रिप्ट लेखनको काम भइरहेको उनले जानकारी दिएकी छन् ।

आफूले बनाउन लागेको चलचित्रमा नेपाली कलाकारहरूलाई पनि अवसर दिने पुनमको भनाइ छ । नेपाली कलाकारलाई संसारभर चिनाउनु नै आफ्नो उद्देश्य रहेको उनी बताउँछिन् । पुनम बलिउडसँगै नेपाली चलचित्र निर्माणको तयारीमा समेत रहेकी छन् । उनको पहिलो नेपाली चलचित्र दिवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

पुनमले निर्माण गरेको एक हिन्दी गीत भने सार्वजनिक भइसकेको छ । उक्त ‘इबादत बन गए हो’ बोलको गीतलाई स्मिता दाहाल र शबाब साबरीले स्वर दिएका छन् ।

‘इबादत’ गीतलाई दर्शकले रुचाएपछि पुनमले अर्को पनि हिन्दी गीत निर्माण गरेकी छन्, जुन दसैँको छेकोमा सार्वजनिक हुनेछ । मनोरञ्जन क्षेत्रमा मधेसका महिलाको सहभागिता बढाउने उद्देश्य बोकेर चलचित्र र गीत निर्माणमा होमिएकी पुनम नेपालको राजनीतिमा पनि सक्रिय रहेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *