‘सत्ता लुछाचुँडीले मन्त्रिपरिषद् विस्तार भएन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता टोपबहादुर रायमाझीले सत्ता लुछाचुँडीकै कारण दुई महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको टिप्पणी गरेका छन् । बिहीबार (आज) रिपोटर्स क्लबको पत्रकार भेटघाट कार्यक्रममा नेता रायमाझीले भने, ‘दुई महिना भइसक्यो । मन्त्रिपरिषद् अझैसम्म विस्तार भएको छैन । यो भएको सत्ता लुछाचुँडीले होइन ? नेपाली जनताले छर्लङ्ग देखेका छन् । यो लोभीपापीहरूको सरकार भयो । सत्तास्वार्थका कारण मन्त्रिपरिषद् अझैसम्म विस्तार भएन ।’

यस्तै विषयान्तर हुँदै रायमाझीले आफूहरूको मागको सम्बोधन नभइन्जेलसम्म संसद् अवरुद्ध गर्ने बताए । ‘हामी हाम्रो माग सम्बोधन नभइन्जेलसम्मका लागि संसद् अवरुद्ध जारी राख्छौँ,’ रायमाझीले भने, ‘यसको उचित सम्बोधन हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *