१२ जिल्लाका सिडिओ फेरिए‚ को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले १२ जिल्लाका सिडिओको हेरफेर गरेको छ । गृह मन्त्रालयले बुधबार ललितपुर र भक्तपुरसहित १२ जना सिडिओ हेरफेर गरेको छ । मन्त्रालयले ८ जनाको सरुवा गरेको छ भने चार जनालाई मन्त्रालयमा तानेको छ ।

मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार ललितपुरमा घनश्याम उपाध्याय, रामेछापमा दिपक पहाडी, संखुवासभामा नुरहरी खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा आसमान तामाङ, धादिङमा कृष्णा लम्साल, उदयपुरमा विरेन्द्र यादव र रुपन्देहीमा ऋषि तिवारीलाई सरुवा गरिएको छ ।

त्यस्तै, भक्तपुरमा रुद्रादेवी शर्मा, गुल्मीमा पुण्यविक्रम पौडेल, गोरखामा शंकर अर्याल, मोरङमा काशिराज दाहाललाई पठाइएको छ । मोरङका सिडिओ कोषहरि निरौला, ललितपुरका ढुण्डीराज निरौला, दोलखाका सिडिओ बासुदेव घिमिरे र संखुवासभाका टेकनारायण पौडेललाई गृह मन्त्रालय तानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *