प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै

विराटनगर । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । आज साँझसम्ममा ३ जनाभन्दा बढी मन्त्री थप्नेगरी तयारी भएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तार गरी आजै (बुधबार) साँझ शपथ गराउने तयारी गरेका हुन् ।

आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारका लागि छलफल भइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने बारेमा तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘आजै साँझ ५ बजे शपथ ग्रहणको तयारी छ ।’ मन्त्री बनाउनेबारेमा अहिलेसम्म ३ जनालाई लैजाने भनिएको‚ तर त्यो संख्या बढ्ने भएकाले अहिले पनि छलफल जारी रहेको छ । तर‚ को को मन्त्री बन्दैछन् भन्नेबारे भने अहिलेसम्म खुलाइएको छैन ।

एमालेबाट १० जना सांसद नेकपा एकीकृत समाजवादीमा गएपछि अहिले एमालेको सरकार अल्पमतमा परेको छ । हाल प्रदेश सभामा कायम रहेको ९२ जना सांसदमध्ये एमालेको ५१ जना रहेको थियो । त्यसमा १० जना नेकपा एकीकृत समाजवादीमा गएपछि सभामुखसहित एमालेको सांसद संख्या ४१ हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *