बहुपति प्रथामा आधारित ‘टुल्की’ टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

चलचित्रले बहु पतिप्रथामा आधारित हिमाली भेगको विषय उठान गरेको छ । कलात्मक ढङ्गबाट निर्माण गरिएको चलचित्रको टिजर एक मिनेट २३ सेकेन्डको रहेको छ ।

चलचित्रमा शिशिर बांग्देल, स्वस्तिमा कार्की, हिमाली हमाल, रत्नप्रसाद न्यौपाने, शेखर लामा, सुजन सुब्बा, नरेन तामाङ, सोम लामा, दीर्घ लामा लगायतको अभिनय रहेको छ । देवजङ्ग थापाको निर्देशन रहेको चलचित्र शेखर लामाले लेखेका हुन् । शेखर र आर पी कर्माचार्यको निर्माण रहेको चलचित्र तारा थापा किम्भेले सम्पादन गरेका हुन् ।

आर्टिस्टिक चलचित्र ‘टुल्की’लाई विदेशमा प्रदर्शन गरे पश्चात् नेपालको माहौल सहज हुनासाथ हलमा लगाउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *