नेकपा (एस)को केन्द्रीय कमिटी बैठक बस्दै

कठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आउँदो असोज ५ गते काठमाडौँमा बस्ने भएको छ ।

पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न संगठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको केन्द्रीय नेता निरूदेवी जैरूले जानकारी दिइन् ।

बैठक मंगलबारका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको हो । एमालेबाट वैचारिक असहमति प्रकट गर्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता अलग भएर हालै गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो । ‘पार्टीको केन्द्रीय कमिटी बैठकमा सबै विषयमा छलफल हुन्छ,’ नेता जैरूले भनिन्, ‘त्यसम खासगरी संगठन विस्तारलााई उच्च प्राथमिकतामा राखेके छ पार्टीले ।’

पार्टीका अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटिका साथै सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग गठन गरिएको छ । पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

युवा तथा विद्यार्थी संगठन स्थापना भइसकेका छन् भने प्रेस संगठन चाँडै घोषणाको क्रममा छ । मजदुर संगठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *