लुकाकु निर्णायक बन्दा चेल्सीलाई तीन अंक

काठमाडाैँ । ९७.५ मिलिनय पाउन्डमा यसै सिजन आफ्नो पुरानो क्लब चेल्सी फर्किएका बेल्जियम फर्वाड रोमेलु लुकाकुको सनसनिपुर्ण प्रदर्शन जारी छ । मंगलबार च्याम्पियन्स लिग अन्तर्गत समुह एचको खेलमा तीन अंक जोड्न लुकाकु निर्णायक बने ।

साबिक च्याम्पियन चेल्सीका लागि लुकाकुले च्याम्पियन्स लिगमा पहिलो गोल गर्दा जेनिट सेन्ट पिट्सबर्ग १-० ले पराजित भयो । च्याम्पियन्स लिगको इतिहासमा साविक विजेताले सिजनको पहिलो खेल जम्मा दुई पटकमात्र हारेका छन् । तर चेल्सीलाई घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जेनिटविरुद्धको जित निकाल्न निकै कठिन भएको थियो ।

प्रिमियर लिगअन्तर्गत यसअघि भएको खेलमा एस्टन भिल्लाविरुद्ध दुई गोल गरेका लुकाकुले गए रातिपनि सोहि फर्म जारी राखे । ७९औं मिनेटमा आकर्षक हेड गर्दै चेल्सीलाई तीन अंक दिलाए। सिजर एज्पिलिक्वेटाको लङ क्रसलाई लुकाकुले आकर्षक हेड गोल गरे । लगतै जेनिटका वैकल्पिक खेलाडी आर्टेम डिजुबाले पाएको सुन्दर मौका गुमाउँदा सम्भावित बराबरीबाट जेनिट चुकेको थियो ।

युभेन्टसको सहज जित
सोहि समूहमा इटालियन क्लब युभेन्टसले माल्मोमाथि सहज जित निकाल्यो । युभेन्टसको जितमा एलेक्स सान्ड्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरेपछि युभेन्टसले सहज जित हात पारेको हो ।

माल्मो एफएफको भ्रमणमा निस्किएको इटालियन जाइन्टका लागि पहिलो हाफनै सनसनिपुर्ण रह्यो । पहिलो हाफको २३ औ मिनेटमानै सान्ड्रोले टीमलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा प्राप्त पेनाल्टीलाई डिबालाले गोल गर्दा टीम २-० को अग्रता बनायो । पहिलो हाफको इन्जुरी समयमानै मोराटाले अर्को गोल थपेपछि पहिलो हाफमानै युभेन्टस तीन गोल गर्न सफल भयो । दोस्रो हाफमा भने युभेन्टस गोल थप्न असफल भयो ।

जितसँगै गोल अन्तरमा अघि रहँदै युभेन्टस शिर्ष स्थानमा पुग्यो । चेल्सीपनि समान ३ अंकका साथ दोस्रो स्थानमा रह्यो । अन्य दुई टीम पराजित भएपछि अंक विहिन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *