बार्सिलोनाको पोस्टमा बार्यनको ३ गोल

काठमाडाैँ । मंगलबारबाट सुरू भएको यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस जाइन्ट बार्सिलोना जर्मन च्याम्पियन बार्यन म्युनिखसँग आफ्नै मैदानमा ३-० ले पराजित भएको छ। क्याम्प नोउमा भएको समूह ई को खेलमा बायर्नका स्टार रोबर्ट लेवान्डोस्की चम्किदा बार्सिलोना सहज रुपमा पराजित भयो।

लेवान्डोस्कीले दोस्रो हाफको अन्तिम समयमा २ गोल गर्दै टीमलाई सहज जित दिलाए। म्युनिखका लागि थोमस मुलरले सुरूवाती गोल गरेका थिए। ३५ औं मिनेटमा मुलरले सानेको पासलाई गोलमा परिणत गर्दै ७ औ च्याम्पियन्स लिग गोल संभव बनाए।

पहिलो हाफमा बार्साको मैदानमा रवाफिलो देखिएको बायर्नले दोस्रो हाफमा पनि सोहि लयलाई निरन्तरता दियो। ५६ औं मिनेटमा पोलिस फरवार्ड लेवान्डोस्कीले अग्रता दोब्बर पारे। जमाल मुसियालाको प्रहार पोस्टमा लागेर फर्केपछि आएको रिबाउन्डलाई लेवान्डोस्कीले पोस्टको दिशा दिएका थिए।

बार्सिलोना बिरुद्ध तेस्रो गोलको अग्रता लिने क्रममा लेवान्डोस्कीले ८५ औ मिनेटमा तेस्रो गोल गरे। सर्ज जिनाब्रीको प्रहार पोस्टमा लागेर फर्केपछि रिबाउन्डमानै लेवान्डोस्कीले ६ यार्ड बक्स नजिकबाटै गोल गरेका थिए।

यो समुहमानै डाइनोमो किएभ र बेन्फिकाले गोलरहित बराबरी खेले। पाहुना टोली बेन्फिकाले खेल अधिकांश समय आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न चुक्दा अंक बाँड्यो। समुहमा बार्सिलोना अंक बिहिन हुँदा बायर्नको ३ तथा बेन्फिका र किएभले समान १-१ अंक बनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *