काठमाडौँ किंग्सको गोल्ड पार्टनरमा शिवशक्ति ग्रुप

काठमाडौँ । असोजमा आयोजना हुने बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने काठमाडौँ किंग्स ११ लाई शिवशक्ति ग्रुपको फेमिली आयल र युर्जा राइसले ‘गोल्ड पार्नर’ को रुपमा सम्झौता गरेको छ ।

‘नेपालको खेलकुद क्षेत्र अझै उच्च गन्तव्यमा पुग्न बाँकी छ । हामीले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेका छौँ । एक अग्रणी व्यापारिक ग्रुप भएकाले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर हामीले नेपाली क्रिकेटरहरूको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेका हौं,’ शिवशक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवालले भने ।

त्यसैगरी, काठमाडौँ किंग्स ११ को मुख्य संस्था टेली होल्डिङ्सका अध्यक्ष सञ्जय अग्रवालले यो साथले टिमलाई अझै हौसला बढाउने बताए ।

यसपालिको ईपीएलमा काठमाडौँ किंग्स ११ बाट पाकिस्तान राष्ट्रिय टोलीका पूर्वकप्तान शाहिद अफ्रिदी, नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछाने, सुबास खकुरेल, शेर मल्ललगायतका खेलाडीहरू छन् ।

काठमाडौँको कप्तानी सन्दिपले गर्नेछन् । ईपीएल सेप्टेम्बर २५ देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *