अमेरिका: एक घरमा आगलागी हुँदा ५ नेपाली भाषीको मृत्यु

काठमाडौँ । अमेरिकाको ओहायो राज्यको आक्रन सहरस्थित एक घरमा भएको आगजनीमा ५ जना नेपाली नेपाली भाषीको मृत्यु भएको छ । १९ न्युजले उल्लेख गरेअनुसार सोमबार भएको आगलागीमा ३ बालबालिकासहित ५ जनाको मृत्यु भएको हो ।

उनीहरु नेपाली भाषी भुटानी भएको बताइएको छ । आगलागीमा ४ जना घाइते भएको जनाएका छन् । आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर सङ्ख्यामा सोमबार बिहान १२ः५० मा आगो लागेको हो । उनीहरू पढ्ने विद्यालय आर्कन सरकारी विद्यालयका प्रवक्ताका अनुसार ५ वर्ष, ११ वर्ष र १६ वर्षका विद्यार्थीको मृत्यु भएको छ ।

६० वर्षीय पुरुष तथा ४८ वर्षीय महिला पनि आगलागीमा मृत्यु भएको हो । नातेदार तथा छिमेकीका अनुसार त्यहाँ २ भुटानी परिवारहरू बस्थे भनी बताएका छन् । मृतकका नातेदार यम सुब्बा भने व्यक्ति कोलम्बसबाट आर्कन आएका छन् । सोमबार आगजनी हुँदा छिमेकी र नातेदारहरू त्यहाँ अगाडी भेला भएका मध्ये यम सुब्बा एक थिए । उनले आफ्नो पिताको निधन भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *