अस्वस्थ भएपछि वाग्मतीका मुख्यमन्त्रीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटनका लागि त्यसतर्फ जाने क्रममा अस्वस्थ भएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

ब्लड प्रेसर लो र अक्सिजनको मात्रा कमी भएको हो ।

कार्यक्रम स्थलतर्फ जाने क्रममा बिच बाटोमै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई नर्भिक अस्पतालमा उपचारका लागि ल्याउन लागिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *