सर्वदलीय बैठक : एमालेलाई वार्तामा ल्याउन सभामुखलाई सुझाव

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई वार्तामा ल्याउने बारेमा छलफल भएको थियो । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलकीअनुसार बैठकमा नेताहरूले सभामुखलाई एमालेलाई वार्तामा ल्याउन सुझाव दिएका थिए । ‘हामीले सभामुखज्यूलाई प्रमुख प्रतिपक्षी एमालेलाई वार्तामा ल्याउन सुझाव दियौँ,’ पौडेलले भनिन् ।

बैठकलाई एमालेले भने बहिष्कार गरेको थियो । संसद् सचिवालयले संसदीय दलका नेता केपी शर्मा ओलीलाई नै सम्बोधन गर्दै पत्र पठाए पनि ‘आफूहरूको माग सम्बोधन नहुने’ भन्दै एमाले उपस्थिति जनाएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *