सर्वदलीय बैठक शुरू, ओली अनुपस्थित

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक शुरू भएको छ । नयाँ बानेश्वरमा शुरू भएको बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली भने अनुपस्थित छन् ।

बैठकमा  सभामुख सापकोटासहित, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लाेकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर , राष्ट्रीय जनमाेर्चाका उपाध्यक्ष दुर्गा पौडेल,  नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *