चलचित्र ‘चिठ्ठी’को छायाङ्कन सुरु

काठमाडौँ । चलचित्र ‘चिठ्ठी’को छायाङ्कन सुरु भएको छ । काभ्रे जिल्लाको दोलालघाटबाट आज (सोमबार) छायाङ्कन सुरु गरिएको हो ।

कमला जोशी तथा राजन थापाको निर्माण रहने चलचित्र माधवराज खरेलले निर्देशन गर्दैछन् ।

चलचित्रमा श्रीदेव भट्टराई, कञ्चन चालिसे, नम्रता खरेल, शान्ति प्रिय, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, खड्गबहादुर पुन मगर, मुस्कान लामा, मोहन निरौला, पुष्कर राउत, अस्मिन कार्कीलगायतका कलाकारहरूको अभिनय रहनेछ । चलचित्रको छायाङ्कन काभ्रे र काठमाडौँमा हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *