रचनाको ‘चट्ट माया’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । रचना रिमाल र नवीन रावलको स्वरमा रहेको गीत ‘चट्ट माया’ सार्वजनिक भएको छ । गीतमा मिलन विष्टको शब्द रहेको छ भने संगीत गायक रावलले नै गरेका हुन् ।

गीतको भिडिओमा उषा उप्रेती र दीपेश जङ्ग रायमाझीको नृत्य देख्न सकिन्छ । शान थापाको निर्देशन रहेको भिडिओमा राजीव समरको नृत्य निर्देशन रहेको छ ।

अर्जुन तिवारीले खिचेको भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । ‘शिव दर्शन फिल्मस्’को प्रस्तुतिमा बनेको भिडिओ गायत्री थापाले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *