संसद्को गतिरोध अन्त्यका लागि सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । संसद्मा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दै छ । प्रमुख प्रतिपक्षी एमालेले लगातार संसद्मा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो ।

सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहेका हुन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक आज दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङ्देनलाई बोलाइएको हो ।

संसद्को नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो । त्यस यता एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *