त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रसारण डिस होमले गर्ने

काठमाडौँ । ओमानमा हुने एक दिवसीय अन्तरराष्ट्रिय ट्राई नेसन्स सिरिजको प्रत्यक्ष प्रसारण डिस होमले गर्ने भएको छ ।

सिरिजका ६ वटा खेलहरू डिस मिडिया नेटवर्कद्वारा सञ्चालित डिस होमले एक्सन स्पोर्ट्स एचडी र डिसहोम गो ओटीटीमार्फत् प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्कबीच खेलको प्रत्यक्ष प्रसारण गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको क्यानले जनाएको छ । डिस मिडियाको तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंहले हस्ताक्षर गरेका थिए ।

सम्पूर्ण खेलहरू नेपाली समयअनुसार ४:१५ मा हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *