जेलमै बिते पेरूका पूर्वविद्रोही नेता गोन्जालो

काठमाडौँ । पेरूमा पूर्वविद्रोही नेताको जेलमै निधन भएको छ । बीबीसीका अनुसार विद्रोही समूह ‘साइनिङ पाथ’का नेता अबिमायल गुजम्यानको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । उनलाई धेरैले अध्यक्ष गोन्जालो भनेर चिन्थे ।

दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गोञ्जालो विगत २९ वर्षदेखि बन्दी जीवन बिताइरहेका थिए । उनी पेरुको युद्धको क्रममा सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए । त्यसपछि उनलाई त्यहाँको सत्ताले आजीवन कारागारको सजाय सुनाएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर भएको थियो । एक दशकभन्दा बढी चलेको साइनिङ पाथ र पेरूको सरकारबीचको युद्धमा झन्डै ७० हजार मानिस मारिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *