१८ वर्षीया राडुकानुले जितिन् युएस ओपन, रचिन इतिहास

काठमाडाैँ । ब्रिटेनकी १८ वर्षीय इमा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । नेपाली समय अनुसार आइतबार बिहान भएको फाइनलमा ब्रिटेनकी राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई पाखा लगाउँदै उपाधि जितिन् । राडुकानुले ४० वर्षपछि ब्रिटेनलाई महिला एकल टेनिसमा उपाधि दिलाउन सफल भइन् ।

बहुप्रतिक्षीत मानिएको यी दुई किशोरीबिचको फाइनलमा राडुकानुले ६-४ र ६-३ ले जित हात पारिन् ।  अर्थर आसे स्टेडियममा उनको सपोर्टमा आएका धेरै समर्थकलाई खुसी दिएको राडुकानुले यो उपलब्धि अविश्वसनीय भएको बताइन् ।

उनले यो उपलब्धि १९७७ मा विम्बल्डन विजेता भर्जिनिया वेड प्रति समर्पित गरेकी थिइन् । त्यसयता बेलायतका कुनै पनि महिला खेलाडीले ग्रान्ड स्लामको उपाधि जितेका थिएनन् । उनी ग्रान्ड स्लाम इतिहासमा क्वालिफायर चरणबाट आएर उपाधि जित्ने पहिलो खेलाडी समेत बनिन् ।

२००४ मा अमेरिकी खेलाडी मारिया सारापोभाले विम्बल्डन जितेयता सर्वाधिक कम उमेरमा युएस ओपन च्याम्पियन बन्ने खेलाडी बनिनन् । साथै उनी सबैभन्दा कम उमेरमा ग्रान्डस्लाम जित्ने ब्रिटिस खेलाडी बनिन् । राडुकानु २०१४ मा सेरेना विलियम्स पछि  कुनै पनि सेट नगुमाई उपाधि जित्ने खेलाडीको रूपमा समेत रहिन् ।

उनले १.८ मिलियन पाउन्ड पुरस्कार घर लैजाने छिन भने उनी अब विश्व वरियतामा २३ औ स्थानमा हुने छिन् । साथै उनी सोमबारबाट ब्रिटिस नम्बर एक पनि हुने छिन् ।

राडुकानु ब्रिटिस खेलकुद इतिहासकै यस्ती पात्र हुने छिन जसको इतिहासलाई अब कुनै पनि खेलाडीले तोड्ने सम्भावना कमजोर हुने छ । उनको जित ब्रिटिस खेलकुद इतिहासकै सर्वाधिक सम्झन लायक पनि बनिरहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *