म्यान्चेष्टर युनाइटेडको जित, रोनाल्डोको २ गोल

काठमाडौँ ।  क्रिष्टियानो रोनाल्डोको २ गोल मद्दतमा म्यान्चेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शानदार जित निकोलेको छ । शनिबार रातीको खेलमा म्यान यूले न्यू क्यासल युनाइटेडलाई ४-१ ले हराएको हो । पहिलो हाफको अन्तिमतिर गोल गर्दै रोनाल्डोले अग्रता दिलाएको खेलको ६२ औँ मिनेटमा रोनाल्डोले नै दोश्रो गोल गरेका थिए ।

यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे । न्यु कासलका जाभियर मानक्विइलोले एक गोल फर्काए ।

म्यान यूमा दोश्रोपटक अनुबन्ध भएपछिको पहिलो खेलमा २ गोल गरेपनि उनका समर्थकहरु खुशी भएका छन् ।

जितसँगै ४ खेलमा १० अंक जोडेको युनाईटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *