२० वर्ष पुरानो गीतको रिमेकमा बले र शिक्षा (भिडिओ)

काठमाडौँ । सागर लम्साल ‘बले’ अभिनित भिडिओ ‘किन यसरी’ सार्वजनिक भएको छ । झन्डै २० वर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडिओ सार्वजनिक गरिएको हो ।

बलेसँगै भिडिओमा शिक्षा सङ्ग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानुको अभिनय रहेको छ । गीतमा गायक निर्वाणलाई सरला बिसीले साथ दिएकी छन् ।

निकेश खडकाको निर्देशन रहेको भिडिओ बुद्ध थापाले खिचेका छन् भने विकास धमलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *