महाशिवरात्रिमा ‘लप्पन छप्पन २’ प्रदर्शन

काठमाडौँ । अघिल्लो वर्षको महाशिवरात्रिमा प्रदर्शन घोषणा गरेको चलचित्र ‘लप्पन छप्पन २’ एक वर्षपछि सोही मितिमा प्रदर्शन हुने भएको छ । चलचित्रका निर्देशक मुकुन्द भट्टले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार चलचित्र यस वर्षको फागुन १३ गतेबाट प्रदर्शन हुने भएको हो ।

सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाहीलगायत कलाकारको अभिनय रहेको चलचित्र नेपालसँगै युरोप र अस्ट्रेलियामा छायांकन गरिएको हो ।

मुकुन्दले हालै मात्र अनमोल केसी, सौगात मल्ल, पुष्प खड्कालगायत कलाकारलाई लिएर ‘एक्स नाइन’ बनाउने घोषणा गरेका छन् । चलचित्रको छायांकन पुसदेखि गर्ने गरी तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *