एलिना र नीलको ‘निर्मोही मायालु’ सार्वजनिक

काठमाडौँ । एलिना चौहान र नील पुनः को स्वरमा रहेको गीत ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत पनि पुनः को नै छ । संगीत संयोजन किरण माइकल घिमिरेले गरेका छन् ।

भिडिओमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् भने मानवी श्रेष्ठ, सोनी पुनः र रीमा पाइजालाई सहायक भूमिकामा प्रस्तुत गरिएको छ । भिडिओ सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

प्रमोद भण्डारीको कोरियोग्राफी रहेको भिडिओ सम्पादन विकास दाहालले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सुरेन्द्र थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *