सांसदहरुको बुई चढेकी गंगा भन्छिन्ः

‘जनयुद्धकै पारामा अर्थमन्त्री रोष्ट्रम पुग्नुभो’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद गंगा चौधरी सत्गौवाले अर्थमन्त्री जनार्दन शर्मा जंगली पारामा संसद् (प्रतिनिधि सभा) को रोष्ट्रममा पुगेको टिप्पणी गरेकी छन् । अर्थमन्त्रीले संसद्मा जनयुद्ध देखाउन खोजेको बताउँदै चौधरीले भनिन्, ‘संसद्मा जनयुद्ध गर्ने होइन नि । उहाँ त्यसरी लुकेर जाने हो संसद्को रोष्ट्रममा ?’

आफू सभामुखलाई हान्न नभएर अर्थमन्त्रीलाई रोक्न सांसदहरुको बुई चढेर गएको बताउँदै चौधरीले थपिन्, ‘यस्तो काममा प्रतिपक्षसँग मिलेर अगाडि बढ्नुपर्नेमा उहाँहरुले एकोहोरो पारामा अघि बढ्नुभयो ।’

यस्तै चौधरीले सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादालाई लत्याएको टिप्पणी गरिन् । ‘उहाँलाई संसदीय मर्यादा थाहा रहेनछ,’ चौधरीले भनिन्, ‘उहाँले लत्याउनुभयो । संसद्मा एउटा सांसदले विरोध जनाउँदा त्यो विरोध हुन्छ । तर, आज प्रमुख प्रतिपक्षीका सबै सांसदहरुले विरोध जनाउँदा पनि बैठक चल्यो । यो आपत्तिजनक हो ।’

सांसद चौधरीले सत्तापक्षले मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *