इन्द्रबहादुर राईको कथा बनेको चलचित्र ‘जार’ को टिजर सार्वजनिक

काठमाडौँ । कथाकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’को टिजर सार्वजनिक भएको छ । ‘सिक्किमको सत्य घटनामा आधारित’ चलचित्रको टिजर करिब ३ मिनेटको छ ।

टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गीताञ्जली थापा र अनुप विक्रम शाहीले अभिनय गरेका छन् । यो चलचित्र मुख्य ३ पात्रकै वरिपरि घुमेको छ ।

फुर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको यो चलचित्र फेर्री टेल पिक्चर्सले होप रिल‚ एलए-७ सर्ट्स र अजय राईको सहकार्यमा निर्माण गरेको हो । चलचित्रमा झुमा लिम्बु र गङ्गा थापाको संगीत तथा अखिलेश राइको सम्पादन छ । चलचित्रको सम्पूर्ण प्राविधिक काम भारतमा गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *