एमालेले नारा लगाइरह्यो, सभामुखले बैठक चलाइरहे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक सञ्चालन गरेका छन् ।

शुक्रबार (आज) बसेको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुख सापकोटाले शुरुमा १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि बसेको बैठकमा  पनि एमाले सांसदहरूले अवरोध र नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले बैठक चलाए । उनले होहल्लाकै बीच नेमकिपाका सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए । त्यसपछि अर्थमन्त्री जनार्दन शर्मालाई अध्यादेश पेश गर्ने समय दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *