‘ए मेरो हजुर ४’ प्रदर्शन मिति तय

काठमाडौँ । छायांकन सकिएर प्रदर्शनको लागि तयार चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तय भएको छ । चलचित्र निर्देशक झरना थापाका अनुसार चलचित्र आगामी चैत्र २५ गतेबाट देश भर प्रदर्शनमा आउने छ ।

यस अघि चलचित्र भदौ १८ गतेबाट प्रदर्शनमा आउने टिमले अफिसियल जानकारी दिएको थियो । कोरोना भाइरसका कारण अवस्था सामान्य नभएको भन्दै प्रदर्शन पछि सारिएको थापा बताउँछिन् ।

उनी लेख्छिन् :

विश्वव्यापी महामारी कोरोनाको कारणले हामीले निर्माण गरेको चलचित्र -ए मेरो हजुर -४
पूर्व घोषित  मिति भाद्र १८ मा रिलिज गर्न सकेनौ !

अब बिस्तारै कोरोना कहर पनि  कम हुँदै गएको साथै नेपाल सरकारले  सिनेमा हलहरू पनि खोल्ने अनुमति दिएकोले बिस्तारै चलचित्र क्षेत्र पनि चलायमान  हुने कुरामा हामी पनि आशावादी छौ !

त्यसै अनुरूप हामीले हाम्रो चलचित्र -ए मेरो हजुर -४ को प्रदर्शन आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरेका छौ संसारलाई परेको अप्ठेरो समयले हामी सबै लाई छोडेन 

सम्पूर्ण चलचित्रकर्मी ,दर्शकहरूको साथ र सहयोगको अपेक्षा  राखेका छौ !
चलचित्रको मुख्य भूमिकामा अनमोल केसी र सुहाना थापा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *