अरुणा लामाको सम्झनामा गीत सार्वजनिक

काठमाडौँ । गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ बोलको गीत सार्वजनिक भएको छ । भिडिओ लामाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो  ।

गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईँको शब्द र कुन्दनराज सुब्बाको संगीत छ । यमु शर्मा क्रिएशनको प्रस्तुति रहेको भिडिओमा शिल्पा पोखरेल र आयुश छेत्रीको अभिनय छ ।

नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा र आयुश  छेत्रीको निर्देशन भिडिओमा रहेको छ । भिडिओमा घरेलु हिंसामा नारीको मौनतालाई देखाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *