प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्‌ बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सत्तारुढ दलको शीर्ष नेताहरूको बैठक सकिएलगत्तै मन्त्रिपरिषद्‌ बोलाइएको हो ।

बिहान ११ बजेपछि बस्ने गरी बोलाइएको बैठकमा सरकारका काम कारबाहीबारे आवश्यक छलफल हुने सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘आज बैठकमा पनि सरकारका नियमति काम कारबाही नै एजेण्डा छन् । यो नियमति बैठक हो,’ उनले भने, ‘त्यस्तो अन्य केही छैन ।’

याे पनि : एमसीसीबारे धारणा बनाउन सत्ता गठबन्धनको बैठक

मन्त्रिपरिषद्‌ बैठकअघि सत्ता गठबन्धनका दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक ९ बजे प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा बस्‍दैछ । सो बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे समान धारणा बनाएर कसरी अघि बढ्न सकिन्छ भन्नेबारे छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *