एमसीसीबारे धारणा बनाउन सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने जनाइएको छ ।

एमसीसीबारे सत्ता गठबन्धनमा रहेका दलहरुबाटै फरक फरक धारणा सार्वजनिक भइरहेको बेला बैठक बस्न लागेको हो । बैठकमा समान धारणा बनाएर कसरी अघि बढ्न सकिन्छ भन्नेबारे छलफल हुने बुझिएको छ । यस्तै बैठकमा सरकार विस्तारबारे पनि छलफल हुनेछ ।

यसअघि बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी सम्झौता, संसद् सञ्चालनलगायतका विषयमा छलफल भएको थियाे । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलकाअनुसार बैठकमा गठबन्धनका नेता उपेन्द्र यादव भने सहभागि थिएनन् । उनी अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठकमा सहभागी नभएको नेताहरुले बताएका छन् ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेकी छिन् ।उनले हिजो प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई भेटी एमसीसीबारे धारणा बुझेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *