राष्ट्रिय फुटबल टिमले कतारमा १५ दिन अभ्यास गर्ने

काठमाडौँ । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीका लागि  नेपालको राष्ट्रिय फुटबल टिमले कतारमा १५ दिन अभ्यास गर्ने भएको छ ।

साफको अन्तिम तयारीमा रहेकाे नेपाली टिम तयारीका लागि भोलि (शुक्रबार) कतार जान लागेकाे हो । कतार जाने नेपाली टिमलाई बिहीबार बिदाइ गरिएको छ ।

नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बिदाइ गरेका थिए ।

कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले नेपाली टिमलाई बस्ने, खाने व्यवस्था गरेकोमा कतार फुटबल संघलाई धन्यवाद दिए । कतारमा सम्भव भए नेपालले केही मैत्रीपूर्ण खेल पनि खेल्ने तयारी छ ।

प्रशिक्षणको तयारीका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सोमबार नै कतार गइसकेका छन् । नेपाली टिम प्रतियोगिता खेल्न कतारबाट  सिधै माल्दिभ्स जाने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *