बंगलादेशले घोषणा गर्‍यो टी-२० विश्वकप टीम

काठमाडौँ । पछिल्लो समय अन्तरराष्ट्रिय सिरिजमा एकपछि अर्को सनसनीपूर्ण प्रदर्शन गरिरहेको बंगलादेशले आगामी महिना ओमान र संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने टी-२० विश्वकप क्रिकेटका लागि महमुदूल्लाह रियादको कप्तानीमा १५ सदस्य राष्ट्रिय टीमको घोषणा गरेको छ ।

बंगलादेशले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीलाई टीममा समेट्दा सफल ओपनर तमिम इकबाल भने विश्वकप टोलीमा छैनन् । बंगलादेश पहिलो चरणबाटै प्रतिस्पर्धा गर्नुपर्नेछ । उसले समूह बीमा रहेर ओमान, नामीबीया र पपुवा न्यूगिनीसँग पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछ ।

टी-२० विश्वकप १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म चल्नेछ । पहिलो चरणका खेलहरू ओमानमा हुनेछन् । बंगलादेशले पहिलो खेल १७ अक्टोबरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यस्तै १९ अक्टोबरमा ओमान र २१ अक्टोबरमा पीएनजीसँग खेल्ने कार्यक्रम छ । समूहका शीर्ष दुई टीमले शीर्ष १२ मा स्थान बनाएर अघिल्लो चरण खेल्नेछन् ।

घरेलु मैदानमा टी-२० अन्तरराष्ट्रिय सिरिजमा अस्ट्रेलिया र न्यूजील्यान्डलाई पराजित गर्दै सनसनी मच्चाएको बंगलादेश अहिले उच्च लयमा रहेको छ । अस्ट्रेलियाविरुद्धको पाँच टी-२० अन्तरराष्ट्रियमा बंगलादेशले ४-१ को जित निकालेको छ । त्यस्तै न्यूजील्यान्डसँगको पाँच खेलको टी-२० सिरीज पनि बंगलादेशले एक खेल बाँकी हुँदै ३-१ ले जितिसकेको छ । अन्तिम टी-२० खेल शुक्रबार हुँदैछ ।

बंगलादेश टीम
बंगलादेशको टोली महमुदूल्लाह रियाद (कप्तान), सकिब अल हसन, मुस्फिकुर रहिम, सौम्य सरकार, लिटन दास, अफिफ हुसैन, मोहम्मद नईम शेख, नुरुल हसन (विकेटकिपर), समिम हसनैन, मुस्ताफिजुर रहमान, तस्किन अहमद, मोहम्मद सैफउद्दिन, शोरिफुल ईस्लाम, माहेदी हसन र नासुम अहमद ।

वैकल्पिक खेलाडी
रुबेल हसन र नमिनुल इस्लाम ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *